site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीको निर्देशन : आवश्यक समन्वय गरेर मिटरब्याजपीडितलाई न्याय दिनू
फाइल तस्बिर।

बर्दिबास । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको जिल्लाहरुका सीडीओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा एवं समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिएका छन् ।

विभिन्न भेटघाट तथा कार्यक्रमका लागि आज बर्दिबास आएका उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज (अनुचित लेनदेन) पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिन समेत निर्देशन दिए ।

Argakhachi Cement Island Ad

उनले भने, “एकातिर कानुन छ, एकातिर आयोग छ, एकातिर तपाईँहरू हुनुहुन्छ । सकेसम्म अहिले नै आवश्यक समन्वय गरेर पीडितलाई न्याय दिनुहोस् ।”

नेपाल–भारत सीमामा हुने सामान ओसारपसारमा राज्यलाई नोक्सान पुर्‍याउने वा अवैध ओसारपसार गर्ने कामलाई कडाइका साथ नियन्त्रण गर्न तर वास्तवमै जनताको दैनिक आवश्यकता र व्यापारिक उद्देश्य के हो त्यसलाई दुईपाटोबाट हेर्न उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए ।

“दैनिक व्यावहारिक आवश्यकता टार्न सामान ल्याउने कुरामा लचक हुनुहोस् र व्यापारिक प्रयोजनमा ल्याएको भए कडाइ गर्नुहोस्,” उनले भने । मलको हकमा पनि यहीँका किसानले आफ्नै प्रयोजनका लागि ल्याएको भए लचक हुन उनले निर्देशन दिए ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्