site stats
बाह्रखरी :: Baahrakhari
देश
विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा बिहान ७ बजेसम्म उच्च सतर्क रहन आग्रह 
फाइल तस्बिर

 काठमाडौं । काठमाडौंका विभिन्न भू–भागमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ । बूढानीलकण्ठ, जितपुर र आसपास पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ । 

विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

n1690416698.jpg

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०५:३०
प्रतिक्रिया दिनुहोस्