site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा करेन्ट लागेर एकजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय कुमार विक रहेका छन् । घरमा मार्बल लगाउने काम गरेर निस्कने क्रममा मंगलबार अचानक विद्युतको तारमा छुन पुग्दा करेन्ट लागेको  थियो ।

करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा सामुदायिक अस्पताल हलगढामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्