site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमसीसी कार्यान्वयनको अनुगमन समिति बनाउने एकीकृत समाजवादीको निर्णय (पूर्णपाठ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमसीसी सम्झौता कार्यान्यवनको अवस्थाबारे सरकारसँग जानकारी माग्ने निर्णय गरेको छ ।

गएको साउन ५ गते सम्पन्न सचिवालयको बैठकको आज सार्वजनिक गरिएको निर्णयमा पार्टीका तर्फबाट समेत अनुगमन समिति बनाउने उल्लेख छ ।

Argakhachi Cement Island Ad

“एमसीसी सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने, उक्त सम्झौताको कार्यान्वयनमा व्याख्यात्मक घोषणाअनुरुप नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समिति गठन गर्न आवश्यक पहल गर्ने, एमसीसीका बारेमा निरन्तर जानकारी लिने प्रयोजनका लागि पार्टीका तर्फबाट समेत अनुगमन समिति बनाउने,” पार्टी महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, समाजवादी मोर्चा, नेपालको उद्देश्यका बारेमा पार्टी पंक्तिलाई स्पष्ट पार्ने निर्णय गरिएको छ । सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठकको मिति समेत तोकेको छ ।

यी हुन् बैठकका निर्णय

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्