site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोकसेवा तयारी पुस्तकमा राखेको प्रश्नले महिलामाथि अपमान भयो, कारबाहीको माग गर्दछु : सांसद मगर

काठमाडौं । प्रतिनिधिसभाका सांसद ईश्वरी घर्ती मगरले सरकारका वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृतले लोकसेवा तयारी पुस्तकमा राखेको एउटा प्रश्नले महिलामाथि अपमान भएको बताएकी छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले राम एकल दासको सफलताको साथी भन्ने पुस्तकमा ‘केटीलाई भालू किन भनिएको होला’ भन्ने प्रश्न राखिएको भन्दै उनलाई पदबाट निलम्बन गर्न माग गरेकी हुन् ।

“महिलामाथि यस्ता महाअपमान हुने शब्द राखिनुहुन्छ कि हुँदैन ? यो शब्दले आम नेपाली महिलामा गम्भीर आघात पुर्याएको छ,” उनले भनिन्, “यो पुस्तक लेख्ने राम एकल दासलाई तुरुन्त निलम्बन गरेर उहाँलाई कानुनी कारबाहीका निम्ति जोडदार माग गर्दछु ।”

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्