site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यवहाक अध्यक्ष श्रेष्ठले बोलाएको माओवादी बैठकमा के छलफल भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का कार्यवहाक अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीका पदाधिकारीसँग छलफल गरेका छन् ।

श्रेष्ठले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारीहरुसँग छलफल गरेका हुन् । अनौपचारिक छलफल भएको सचिव गणेश साहले जानकारी दिए ।

Argakhachi Cement Island Ad

“पार्टीको केन्द्रीय समिति बैठकको तयारीका विषयमा अनौपचारिक छलफल भएको हो,” उनले बाह्रखरीसँग भने, “पार्टीको आन्तरिक विषयमा कुराकानी भयो ।”

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणबाट फर्किएपछि औपचारिक छलफल सुरु हुने उनको भनाइ छ । प्रधानमन्त्री इटाली भ्रमणमा रहेकाले कार्यवहाकको जिम्मेवारी श्रेष्ठले पाएका छन् ।

माओवादीको केन्द्रीय कमिटी बैठक साउन १७ गतेका लागि तय भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्