site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गृह मन्त्रालयविरुद्ध नेपाल ब्युटिसियन संघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेपाल ब्युटिसियन संघका सदस्य सुष्मा महरामाथि गृह मन्त्रालयकी एक कर्मचारीले गरेको दुव्र्यवहार गरेको भन्दै प्रदर्शन गरेको छ ।

मंगलबार ब्युटिसियन संघमा आवद्ध व्यवसायीहरुले दुव्र्यवहारका विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन गरेको हो । दुव्र्यवहारलाई लिएर गृह मन्त्रालय पुग्दा पनि गुनासो सम्बोधन नभएको भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

गृहकी एक कर्मचारीले पदको दुरुपयोग गर्दै सौन्दर्य पेसा गर्दै आएकाहरुलाई धाकधम्की दिनु निकै दुःखद् भएको संघकी अध्यक्ष भगवती खड्काले बताइन् । कर्मचारीले दादागिरी देखाउँदै धाकधम्की दिएको देख्दादेख्दै पनि मन्त्रालयले कारबाही नगर्नु झनै दुःखद् भएको अध्यक्ष खड्काको भनाइ छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्