site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दै छ : रमेश लेखक
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वभाविक प्रक्रिया रहेको बताए ।

केन्द्रीय समितिको बैठक राम्रोसँग सञ्चालन भइरहेको र बैठकको निर्णय बुधबार सार्वजनिक हुने उनले बताए । बैठकले आम नागरिकको जनजीविकाका बारेमा विशेष छलफल गरेको उनको भनाइ छ ।

“यो बैठकले पार्टीभित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । सार्वजनिक ढंगबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो । बैठक सकारात्मक छ, भोलि निष्कर्षमा पुग्नेछौँ,” उनले भने, “कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दै छ । फेरबदल अहिले कति देखिए, कति देखिएनन् । तर, फेरबदल स्वभाविक हुन् र यी हुन्छन् ।”

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्