site stats
बाह्रखरी :: Baahrakhari
देश
भीमसेन थापा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकाले मंगलबार (भोलि) सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रिय विभूति भीमसेन थापाको २४९औँ जन्म जयन्तीको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।

गत असार १४ गते बसेको गाउँ कार्यपालिका बैठकबाट भएको निर्णयअनुरा पालिकाभित्रका सरकारी कार्यालय, संघसंस्थाहरू बिदा रहने उनले बताए ।

 मंगलबार वडा नम्बर ८ को चण्डीथानमा अवस्थित भीमसेन थापाको सालिकमा माल्यार्पण लगायतका कार्यक्रम पनि आयोजना गरिएको पालिकाले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २२:५३
प्रतिक्रिया दिनुहोस्