site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधेयक ल्याउँदा राजीनामा मागियो, साथीहरूलाई ठाउँ चाहिए छोड्न तयार छु : धनराज गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद्मा विचाराधीन रहेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकप्रति आफू सचेत र जिम्मेवार रहेको बताएका छन् ।

सरकारले दिएको भारी आफूले संसद्मा लगेर बिसाएको र संसद्मा विधेयकको धारा ६४ मा धेरै संशोधन परेको उल्लेख गर्दै उनले त्यसलाई परिमार्जन गर्दै अघि बढ्न सकिने बताए । 

सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले विधेयकको धारा ६४ मा धेरै सांसदहरुले संशोधनको प्रस्ताव राखेको बताउँदै आफूले चामलको बोरामात्रै खोलेको र बोरा खोल्दा बियाँ र भुस हुने जवाफ दिए । आफ्नो चाहना चामल मात्रै होस् भन्ने भए पनि सिधै बोराको चामल पकाएर खान नसकिने र विधेयकको छाँटकाँट गरेर अघि बढ्नुपर्ने तर्क गरे ।

विधेयकमा नराम्रो कुरा रहेको भए संशोधन हुने प्रतिवद्धता पनि उनले जनाए । उपसभापति गुरुङले आफ्नै पार्टीका नेताहरुले आफ्नो राजीनामा मागेको भन्दै नेताहरुलाई ठाउँ खाली गरिदिए हुन्थ्यो भन्ने लागेको भए आफू मन्त्रीबाट राजीनामा दिन तयार रहेको बताए । उनले आफ्ना लागि पद, आशक्ति ठूलो कुरा नरहेको जिकिर गरे ।

“हाम्रो उद्देश्य चामल मात्रै होस् भन्ने हो । तर चामलको बोरा फुकाउँदा दुई÷चारवटा बियाँहरु पनि हुन्छन् । अलिअलि भुस पनि हुन्छ । त्यसैले स्वाट्टै तालमा खन्याएर पकाउन मिल्दैन । यत्ति कुरा त बुझिदिनप¥यो नि त,” उनले भने, “फेरि नाङ्लोमा हालेर निफन्ने, छान्ने, केलाउने गरेर भुसलाई फाल्नुपर्छ । चामलमात्रै राख्छौँ । त्यसपछि बल्ल पकाउन ताउलोमा राख्छाँै ।”

उपसभापति गुरुङले निर्वाचनको टिकट दिने कुरा लाइभ गरेर दिने हो कि होइन भन्दै प्रश्न गरे । उनले पार्टीलाई जनताको कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताए । सभापति बदल्ने कुरामा भन्दा आफू बदलिने कुरामा लाग्ने बताए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्