site stats
बाह्रखरी :: Baahrakhari
देश
धोबीखोला करिडोरमा थुप्रिएको फोहोर उठाइयो

​काठमाडौं । काठमाडौंको धोबीखोला करिडोरमा थुप्रिएको फोहोर उठाइएको छ । अनामनगर र मैतिदेवीस्थित सेतोपुलनजिक धोबीखोला किनारको सडकछेउमा थुप्रिएको फोहोर सोमबार काठमाडौं महानगरको पहलमा उठाइएको हो ।

सोमबार नै फोहोर थुप्रिएकोबारे समाचार प्रकाशित भएको थियो । त्यसक्रममा महानगरपालिकाको वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले आजै बुझेर कारबाही गर्ने बताएका थिए ।

महानगरले आजै महानगर प्रहरी पठाएर फोहोर थुपार्नेलाई हटाउन लगाएको थियो ।

"प्रहरीलाई पठाएर फोहोर हटाउन लगाएका थियौँ । अहिले सफा भइसकेको जानकारी पाएको छु," उनले भने । 

यो पनि पढ्नुहोस् 

 

 

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्