site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्सामा पाँच केजी ७०० ग्राम चरेससहित एकजना पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । पर्सामा पाँच केजी ७०० ग्राम चरेससहित एकजना पक्राउ परेका छन् ।  पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवास्थित सीमा इलाकाबाट कालिकामाई गाउँपालिका–१ मुडुलीका ४४ वर्षीय प्रेम पासवानलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । 

ना ३० प ४४४३ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका पासवानले शरीरको विभिन्न भागमा लुकाएर राखेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनलाई बरामद चरेस तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्