site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पर्यटनमन्त्री किरातीको स्पष्टीकरण– सुन काण्ड हाम्रो मन्त्रालयसँग सम्बन्धित छैन
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सुन तस्करी प्रकरण आफू मातहतको मन्त्रालयसँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएपछि कतिपयले पर्यटन मन्त्रालयसँग जोडेर पनि तर्क गरिरहेका छन् । 

तर, शुक्रबार सामाजिक सञ्जालबाट मन्त्री किरातीले भनेका छन्, "सुशासनबिना समृद्धि र समाजवाद सम्भव छैन ।भरिया होइन, यसपालि चाहिँ मालिक समाउनुपर्छ । सुन काण्ड हाम्रो मन्त्रालयसँग सम्बन्धित नरहेको कुरा स्पष्ट गर्दछु । तथापि भ्रष्टाचार र तस्करी हामी कसैलाई सह्य छैन ।"

सुन तस्करी प्रकरणको छानबिन भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्