site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महामन्त्री थापालक्षित उर्मिलाको कटाक्ष : नेतृत्व परिवर्तनको कुरा बेमौसमको बाजा, काम गर्न दिनुहोस् 

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्व परिवर्तनको विषयमा प्रश्न उठाएका छन् । 

संस्थापन निकट केन्द्रीय सदस्यहरूले नेतृत्व परिवर्तनको विषय बेमौसमको बाजा भएको बताएका हुन् । बिहीबारको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य उर्मिला नेपाल केसीले सो कुरा बताइन् । 

उनले विधान सम्वत् चयन भएका सभापति फेर्ने विषय बेमौसमको बाजा भएको बताइन् । “नेतृत्व परिवर्तनको कुरा उठेको छ यो बेमौसमको बाजा जस्तो लाग्छ,” उनले भनिन्, “भर्खरै अधिवेशन सकेको धेरै समय भएको छैन । जसलाई नेतृत्व सुम्पेको छौँ, विधानअनुसार सभापति चयन गरेको छौँ, उहाँलाई काम गर्न दिनुपर्छ ।” 

उनको आक्षेप महामन्त्री गगन थापा लक्षित थियो । थापाले नेतृत्व परिवर्तन गर्ने, संसदीय दलको नेता परिवर्तन गर्ने विषयहरू सार्वजनिक मञ्चबाट बोल्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्