site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नयाँ पार्टीहरूको विषयमा भाष्य निर्माण भइरहेको छ, हाम्रा नेताहरूले क्रस गर्न सकेनन् : सुरेन्द्र पाण्डे 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नयाँ उदय भएका दलहरूलाई क्रस गर्नेगरी अभिव्यक्ति पार्टीको नेताहरूबाट नआएको बताएका छन् । 

सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले पुराना पार्टीले गर्न सकेनन् नयाँ पार्टीले काम गर्छन् भन्ने भाष्य निर्माण भइरहँदा कांग्रेसले त्यसलाई क्रस गर्न नसकेको बताए । 

उनले टेलिभिजन अन्तर्वार्तामा समेत यस्ता विषयलाई क्रस गर्न पार्टी नेतृत्वले बहस गर्न नसकेको बताए । 

“नयाँ पार्टीले गर्न सक्छ भनेर भाष्य खोजी भइरहेको छ । टेलिभिजनमा समेत यो कुरालाई क्रस गरेर साथीहरू अघि बढेको देख्दिन कहीकतै बोल्दैन्,” उनले भने । 

गण्डकी प्रदेश मुख्यमन्त्री समेत रहेका उनले २०४८ सालदेखि आजसम्म गरेको कामको फेहरिस्त बनाएर जनतामाझ कांग्रेसले लानुपर्ने धारणा राखे ।
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्