site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको बैठकमा अध्यक्ष नेपालले जवाफ दिँदै
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दै छ । गएको शुक्रबारदेखि कीर्तिपुरस्थित चम्पादेवीमा बैठक जारी छ ।

आज अध्यक्ष माधवकुमार नेपालले बैठकमा नेताहरूले राखेका जिज्ञासाको जवाफ दिनेछन् । उनले वर्तमान परिस्थिति र कार्यभारको एजेन्डामा समेत धारणा राख्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकबाट नेताहरूको वरीयता, महाधिवेशनलगायत विषयमा निर्णय गर्ने तयारी छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्