site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केन्द्रीय सदस्य नेपालीको माग– १० महिनादेखि काम पाइन, कांग्रेसको झण्डा बोकेर देशभर डुल्न चाहन्छु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य हरिशरण नेपालीले आफूलाई पार्टीको काम दिन अनुरोध गरेका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफू १० महिनादेखि कामविहीन भएको बताए ।

समयमा पार्टी केन्द्रीय समितिको बैठक नबसेको भन्दै उनले बैठकको निरन्तरताको माग गरे ।

“मैले १० महिनादेखि काम पाएको छैन मलाई काम दिनुहोस्,” उनले भने, “म काम गर्न चाहन्छु । नेपाली कांग्रेसको झण्डा लिएर म देशभरी डुल्न चाहन्छु ।”

उनले अहिले पार्टीप्रति जनतामा वितृष्णा छाएको बताए । “आज जनमानसमा नेपाली कांग्रेसको यति धेरै विरोध गाली गलोज टिकाटिप्पणी कहिले पनि सुनेको छैन । यो किन भइरहेको छ ?,” उनले प्रश्न गरे ।

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्