site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रमेश लेखकले भने– प्रतिपक्षी आक्रामक र अधैर्य छ

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) आक्रामक रहेको टिप्पणी गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै गठबन्धन फेरिएकाले पनि आक्रामक भएको बताए ।

“प्रतिपक्ष आक्रामक छ । एउटा त राजनीतिक रुपले गठबन्धन परिवर्तन भयो,” उनले भने, “एउटा गठबन्धनबाट अर्को गठबन्धनमा गयौँ । त्यसकारण पनि प्रमुख प्रतिपक्ष आक्रामक छ ।”

उनले एमाले अधैर्य पनि रहेको आरोप लगाए । “आक्रामक मात्रै होइन, परिपक्व त छ । तर कहिलेकाँही अधैर्य देखिन्छ,” लेखकले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अपरिपक्व रहेको टिप्पणी गरे ।

“अरु प्रतिपक्ष आक्रामक पनि छन् । अधैर्य पनि छन् । र नयाँ नयाँ संसदीय अभ्यासमा भएकाले यदाकदा अपरिपक्वता देखिरहेको अवस्था छ,” उनले भने ।

सत्ता गठबन्धनभित्र मात्रै नभएर प्रतिपक्षीसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्ने दायित्व कांग्रेससँग रहेको उनले बताए ।

उनले कांग्रेसको पाँचवटा जिम्मेवारी रहेको बताए । संसदीय समितिको सभापतिको चयन तत्काल गर्नुपर्ने भन्दै ध्यान पर्याप्त जान आवश्यक रहेको बताए ।

संसदीय दलको कार्यसमिति बनाउनुपर्ने उनको भनाइ छ । सदनमा उपस्थितिको समस्या पनि रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्