site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरी र मोरङमा भारी वर्षा, ११ बजेसम्म सतर्क रहन आग्रह 
प्रतीकात्मक तस्बिर

काठमाडौं । सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

सुनसरी खोला, लोहन्द्रा खोला, चिसाङखोलालगायत आसपासका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुवान हुनसक्ने महाशाखाले जनाएको छ । बिहान ११ बजेसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

121689294203.jpg

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०६:०३
प्रतिक्रिया दिनुहोस्