site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मलेसियाको म्याक्समनीलाई राष्ट्र बैंकको प्रतिबन्ध

काठमाडौं । मलेसियाको म्याक्समनी एसडीएन बीएचडीलाई नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ ।

यसअघि दुई पटकसम्म प्रतिबन्ध लगाएको थियो । तर, पछि यो संस्थाले कुल वक्यौता रकममध्ये आंशिक रकम भुक्तानी गरेपछि २०७६ माघ ५ गते प्रतिबन्ध फुकुवामा गरेको थियो ।

यो संस्थाले त्यस्तो प्रतिबन्ध फुकुवा गर्दा तोकिएका सर्तहरू पालना नगरेकोले पनि पुनः प्रतिबन्ध लगाएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट अर्को व्यवस्था नभएसम्मका लागि इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतपत्र प्राप्त निकायहरू, सरोकारवाला व्यक्ति तथा निकायले म्याक्समनीसँग बाँकी वक्यौताको भुक्तानी लिने कार्य बाहेक कुनै पनि कारोबार नगर्न अनुरोध गरिएको छ ।

म्याक्समनीले नेपालीहरूसँग मलेसियामा रकम संकलन गरी अन्य मल्टी कोरिडोरमार्फत त्यस्तो रकम नेपाल पठाउने कार्यका लागि तेस्रो पक्षबाट कुनै प्रक्रिया नभएकोले त्यस्तो रकम समेत स्वीकार गर्ने तथा भुक्तानी गर्ने व्यवस्था नहुने बताइएको छ ।

 

notice1689252365.jpg

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्