site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चालिन्छ : मन्त्री शर्मा
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चालिने बताएकी छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा उनले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याई मर्यादित तथा व्यवस्थित बनाउन मन्त्रालय लागिपरेको बताइन् । आउँदो आर्थिक वर्षमा कानुन बनाई सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चालिने उनले उल्लेख गरिन् ।

विद्युतीय तथ्यांकको सुरक्षा, भन्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने उनले जानकारी गराइन् ।

साइबर सुरक्षासँग सम्बन्धित विषय एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको उनले बताइन् ।

मन्त्री शर्माले हाल २४२ टेलिभिजन, ९२८ एफएम रेडियो, ७,९७९ पत्रपत्रिका र ३,९९० अनलाइन मिडिया दर्ता भई सञ्चालनमा रहेका जानकारी गराइन् ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्