site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न समाजवादी मोर्चाको बैठक बस्दै छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज दिउँसो ४ बजे बस्ने बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारीका विषयमा छलफल हुनेछ । बैठक समसामयिक राजनीतिक विषयमा पनि केन्द्रित हुने नेताहरूले बताएका छन् । 

साउन पहिलो सातादेखि सातवटै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने कार्यक्रम रहेको छ । 

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् । 
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्