site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाली उत्पादनलाई ब्रान्डिङ गरी विश्वबजारमा पठाउनुपर्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरूलाई ब्रान्डिङ गरी विश्वबजारमा पुर्‍याउन आवश्यक रहेको बताएकी छन् । 

असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भई नेपाल फर्किएपछि मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरूलाई ब्रान्डिङ गरी विश्वबजारमा पठाउने गरेको बताइन् ।

Argakhachi Cement Island Ad

"त्यहाँको लोकल प्रोडक्टलाई बढी उहाँहरूले अर्गानिक चकलेटहरू बनाएर ब्रान्डिङ गरेर विश्वमा पुर्‍याएको देखियो । त्यहाँ हाम्रोजस्तै रक्सी सेतो, कोदो, अन्नबाट बनाएर ब्रान्डिङ गरेर पठाउने रहेछ । हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्रान्डिङ गर्नुपर्छ जस्तो लागेको छ," उनले भनिन् । 

भ्रमणबाट उपसभामुख राना नेतृत्वको संसदीय टोली गए राति स्वदेश फर्किएको थियो । भ्रमण टोलीमा प्रतिनिधिसभाका सदस्यहरू मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र संघीय संसद् सचिवालयका उपसचिव विमलराज जोशी सहभागी थिए ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्