site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
११ महिनामा नेपाल भित्रिए करिब ४१ करोडको इन्डक्सन र इन्फ्रारेड चुलो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा नेपालले ४० करोड ८७ लाख ९७ हजार रुपैयाँको इन्डक्सन र इन्फ्रारेड चुलो आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७९ साउन १ गतेदेखि २०८० जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्यमा एक लाख ९७ हजार ३०७ थान इन्डक्सन र इन्फ्रारेड चुलो नेपाल भित्रिएको छ ।

पछिल्लो ११ महिनामा २६ करोड ५० लाख ४३ करोड रुपैयाँको इन्डक्सन र १४ करोड ३७ लाख ५३ हजार रुपैयाँको इन्फ्रारेड चुलो नेपालले आयत गरेको हो ।

नेपालले चीन, भारत, मलेसिया, कतार, सिंगापुर, युनाइटेड अरब इमिरेट्स र अमेरिकाबाट इन्डक्सन र इन्फ्रारेड चुलो आयात गर्ने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को सोही अवधिमा नेपालले २४ करोड १५ लाख ३२ हजार रुपैयाँको इन्डक्सन र इन्फ्रारेड चुलो आयात गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्