site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जवान’को प्रि–भ्युमा शाहरुखका फरक रूप

काठमाडौं । बलिउड अभिनेता शाहरुखको नयाँ सिनेमा जवानको प्रि–भ्यु सार्वजनिक भएको छ । एट्ली निर्देशित ‘जवान’को दुई मिनेट लामो प्रि–भ्युमा एक्सनका सिनले प्राथमिकता पाएको छ । 

सिनेमाको प्रि–भ्युमा शाहरुख दोहोरो भूमिकामा देखिएका छन् । २२० करोड भारु बजेटमा बनेको ‘जवान’मा दीपिका पादुकोणको विशेष भूमिका छ । 

नयनतारा प्रहरी अफिसरको भूमिकामा छिन् । विजय सेतुपातीको पनि विशेष भूमिका रहेको छ ।

‘जवान’ भदौ २१ गते रिलिज हुँदै छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्