site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा आज बाढीको जोखिम
पाँचथरमा आएको बाढीपछिको दृष्य । फाइल तस्बिर ।

काठमाडौं । देशका सानाठूला नदीहरूमा पानीको बहाव क्रमशः बढ्दो क्रममा छ । वर्षासँगै बहाव बढ्दै गएको हो ।

आज पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा र धनकुटा भई बहने केही साना नदीहरूमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले यी जिल्ला भई बहने केही साना नदीहरूमा आकस्मिक बाढीको जोखिम समेत रहने पूर्वानुमान गरेको छ ।

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज देशका प्रमुख तथा सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो हुने पूर्वानुमान छ ।

भोलि कोसी र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

efmg1689047585.jpg

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्