site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले भन्यो– बीआरआई परियोजना अन्तर्गत नेपालमा कुनै योजना अघि बढेको छैन

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताएका छन् ।

सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको तर त्यसपछि बीआरआई अन्तर्गत कुनै पनि योजना नेपालमा अघि नबढेको बताए । 

मन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी अगस्ट महिनाबाट कार्यान्वयनको चरणमा जाने पनि बताए ।

"एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ । कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ । र, एमसीसी एउटा ग्रान्ड भएको हुनाले कार्यान्वयनको चरणमा गइसकेको छ । बीआरआई नेपालमा २०१७ मा नेपालले चीन सरकारसँग एमओयु गरिसकेको छ, यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौँ । यो कार्यक्रमअन्तर्गत कुनै पनि योजना नेपालमा सुरु भएको छैन," उनले भने ।

पछिल्लो समय चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतको भएको दाबी गर्दै आएपछि नेपालमा बहसको विषय बनेको थियो ।

 

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्