site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
फाइल तस्बिर 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दा पटक–पटक अवरुद्ध हुँदै आएको संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आजका लागि बोलाइएको छ । 

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा बिनियोजज विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ । 

एमालेले अवरोध गर्दा आइतबारको बैठक पनि चल्न सकेको थिएन । आइतबार बैठकको सुरुआतमै एमाले सांसद भगवती न्यौपानले प्रधानमन्त्री प्रचण्ड संसद्लाई ‘फेस’ गरेर जवाफ दिन लायक व्यक्ति नभएको बताएकी थिइन् । प्रचण्ड प्रधानमन्त्री प्रचण्डको कुर्सीमा बस्न योग्य व्यक्ति नभएको उनको जिकिर थियो । 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०६:०२
प्रतिक्रिया दिनुहोस्