site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धर्नास्थल पुगेर गृहमन्त्रीले भने– मिटरब्याज पीडितलाई हरहालतमा न्याय प्रदान गरिन्छ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई हरहालतमा न्याय प्रदान गर्ने स्पष्ट पारेका छन् ।

आइतबार मिटरब्याज पीडितको धर्नास्थल बानेश्वरमा पुगेर श्रेष्ठले समाजमा मिटरब्याज पीडितलाई न्याय दिने आन्दोलन नरोकिने र हर हालतमा न्याय प्रदान गर्ने स्पष्ट पारेका हुन् ।

पीडितलाई न्याय दिनको लागि अध्यादेश ल्याएको र अध्यादेशको अवधि सकिएको कारणले निष्क्रिय भएको पनि उनले बताए ।

विधेयक संसद्मा रहेको र अस्वीकृत नभएको भन्दै उनले विधेयक पारित गर्ने प्रक्रिया बढाउने र कानुन बनाइछाड्ने प्रतिबद्धता जनाए । 

श्रेष्ठले मिटरब्याज पीडितसम्बन्धी आयोगको काम नरोकिने पनि स्पष्ट पारे । उनले मिटरब्याज सामन्ती शोषणको निकृष्ट अवशेष भएकाले शोषणको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्