site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री माफी माग्न तयार भए एमालेले संसद् चल्न दिने !
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' संसद्‍मा माफी माग्न तयार भए संसद् चल्न दिने भएको छ । 

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले आफूले दिएको अभिव्यक्तिप्रति संसद्‍मा उभिएर माफी मागे संसद् चलाउन सकिने बताएका हुन् ।

Argakhachi Cement Island Ad

तर, अहिलेको अवस्थामा प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत् रहेको उनको भनाइ छ । 

"प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग यथावत् नै रहन्छ । र, उहाँले जो कुरा बोल्नुभएको छ । त्यसका उहाँले कम्तीमा पनि सदनमा आएर माफी माग्नुभयो भने छलफल गर्ने एउटा वातावरण बन्न सक्छ," गिरीले भने ।

उनले प्रधानमन्त्रीले मुलुकको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य नहुने बताए । 

"आज संसारका लोकतान्त्रिक मुलुकहरू, विकसित मुलुकहरूको प्रमुखले कार्यकारी राष्ट्रपतिले वा कार्यकारी प्रधानमन्त्रीले यस्तो प्रकारको अभिव्यक्ति दिनुहुन्थ्यो भने तत्क्षण सत्ताबाट च्यूत हुन्थ्यो । तत्काल देशका नागरिकहरू स्वाभिमानका झन्डा बोकेर सडकमा आउँथे । संसद्भित्र आगो बल्थ्यो," उनले भने ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्