site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
फाइल तस्बिर।

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक नबस्दै सूचना टाँस गरेर सारिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरत गौतमले सूचना टाँस गरेर बैठक असार २५ गते ३ बजेका लागि सारिएको जानकारी दिए ।

यसअघि, आजै दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले ३ बजेसम्मका लागि सारेका थिए ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गरिरहेको छ ।

बैठक चलाउने सहमति जुटाउन भन्दै आज प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री बोल्ने र बैठक चलाउने सहमति तीन नेताबीच भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका थिए । तर, अन्तिम समयमा आएर बैठक सारिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्