site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हो, सभापतिसँग फरक मत छ तर भेला जानकारीमै भएको हो : विश्वप्रकाश शर्मा 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग फरक मत रहेको स्पष्ट पार्दै अहिले जिल्ला भेलाका बारेमा आशंका नगर्न आग्रह गरेका छन् ।

उनले पार्टी कार्यालय सानेपामा दुइ दिनदेखि भइरहेको जिल्ला भेलाका क्रममा महामन्त्रीहरुले बैठक नबोलाउँदा पनि आलोचना भएको र बोलाउँदा पनि अहिले विधानको व्यवस्थामाथि नै प्रश्न गरिएको बताए ।

उनले सभापतिलाई जानकारी नभएको भन्ने विषय अस्वीकार गर्दै भने, “हो सभापतिसँग कतिपय विषयमा फरक मत हुँदा हुँदै पनि यस प्रकारको भेला जानकारी नदिइकन गरियो भन्ने कुरा बेकारको हो । विगतमा होटलमा भेला गर्ने प्रचलन थियो अहिले पार्टी कार्यालयमा भइरहेको छ । यसमा आशंका गर्नुपर्ने कारण छैन ।”

क्रियाशील सदस्यता र पार्टी संगठनको विषयमा छलफल भएको र साझा प्रतिवद्धता सार्वजनिक गरिने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्