site stats
बाह्रखरी :: Baahrakhari
देश
बस्तीमा पानी पसेपछि स्थानीयले गरे राजमार्ग अवरुद्ध

जनकपुरधाम । भारी वर्षाका कारण सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ३ पेर्ताहाको डोम बस्ती डुबानमा परेको छ । महुली खोलाको बाँध भत्किएर बुधबार बस्ती डुबानमा परेपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

महुली पुल छेउको सडकमा केही समय उनीहरुले सडक अवरुद्ध गरेका थिए । प्रहरीले बल प्रयोग गरेर सडक अवरुद्ध खुलाएको छ । सडक खुलाउने क्रममा प्रहरीले लाठी प्रहार पनि गरेका थिए । एक राउन्ड हवाई फायरसमेत गरेका थिए । तर, कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी दीपक रायले जानकारी दिए ।

उनका अनुसार २ बजेदखि भएको सडक अवरुद्ध ४ बजे खुलाइएको छ । प्रहरीले बल प्रयोग गर्न खोज्दा प्रदर्शनकारीले पनि ढुंगा प्रहार गरेका थिए । पोर्ताहा खण्डमा महुली खोलाको बाढीले प्रत्येक वर्ष बस्ती डुबाउने गर्छ । 

खोला छेउमा एक दर्जन डोम परिवार घर बनाएर बस्दै आएका छन् । प्रत्येक वर्ष बाढीले डुबाउने र राज्यले कुनै किसिमको ध्यान नदिएकाले स्थानीय आन्दोलनमा उत्रिएका थिए । महुली खोलाको बाँध भत्किएर आएको बाढीले नजिकैको झण्डै ५० बिघा जग्गा डुबानमा परेको छ ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्