site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

काठमाडौं । काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी जितेन्द्र बस्नेतले पाएका छन् । 

यसअघि गृहमन्त्रालय सहसचिव (सुरक्षा तथा समन्वय महाशाखा) एवम् प्रवक्ताको जिम्मेवारीमा रहेका उनलाई काठमाडौंको सीडीयोको जिम्मेवारी दिइएको हो । 

Argakhachi Cement Island Ad

हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको हो ।

बस्नेत ८ वर्ष पहिले सहसचिव भएका थिए । उनले प्रमुख जिल्ला अधिकारीका रूपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् । उनले राष्ट्रिय पञ्जीकरण विभागको महानिर्देशकका रूपमा पनि काम गरेका थिए । 

प्रधानमन्त्रीको कार्यालयमा र राष्ट्रिय पुनर्निर्माण प्राधीकरणमा पनि उनले सहसचिवका रूपमा पनि काम गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्