site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह 
फाइल तस्बिर

काठमाडौं । सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ । पहिरोको जोखिम कायमै रहेकाले उक्त सडकखण्डको अवस्था बुझेर मात्रै सो सडक हुँदै यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

यद्यपि, अहिले मुग्लिन–नारायणगढ सडक संचालनमा रहेको छ । “पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्र सावधानीका साथ सुरक्षित यात्रा गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,” सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ ।”

मुग्लिन–नारायणगढ सडक पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्