site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से दोहोरो अंकले बढेर बन्द

काठमाडौं । लगातार तीन कारोबार दिन घटेको नेप्से परिसूचक मंगलबार दोहोरो अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक १२.७३ अंक बढेर बन्द भएको हो ।

नेप्से ०.६१ प्रतिशतले बढेर २०८८.७० विन्दुमा बन्द भएको छ । घटेको बजारमा खरिदकर्ता बढेपछि बजारले लय लिएको छ ।

Argakhachi Cement Island Ad

यस दिन दुई अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । म्युचुअल फन्ड, ऋणपत्रलगायत २८२ धितोपत्रको ६४ लाख ५० हजार ९३४ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि होटेल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक २.३६ प्रतिशतले वृद्धि भएको छ ।

सिटी होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ५५९ रुपैयाँ ७० पैसा कायम भएको छ ।

नागरिक लगानी कोषको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको १२ करोड १७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्