site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । सो सुन सोमबार प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

Argakhachi Cement Island Ad

तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्