site stats
बाह्रखरी :: Baahrakhari
देश
बारामा भारी वर्षा, बेलुकासम्मै सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो तीन घण्टामा बाराको निजगढ र आसपासका क्षेत्र तथा लालबकैया नदी जलाधारका धेरै स्थानमा भारी वर्षा मापन गरिएको छ । त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

लालबकैया र सो क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ ।

नदीतटीय तथा डुबान भइरहने होचा भूभागमा आज बेलुकासम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्