site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीका कारण जंगलको बीचमा फसेका चारजनाको उद्धार
फाइल तस्बिर ।

नेपालगन्ज । राप्ती नदीमा आएको बाढीका कारण जंगलको बीचमा फसेका चारजनालाई स्थानीय प्रशासनले शनिबार उद्धार गरेको छ ।

जंगलमा बाख्रा चराउन गएका छमध्ये चारजनाको उद्धार भएको र थप दुईजनाको उद्धार गर्न लागिएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरिएको थियो । उनीहरू सबैजना बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का बासिन्दा हुन् । घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायलगायत व्यक्ति छन् । रासस

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २२:२६
प्रतिक्रिया दिनुहोस्