site stats
बाह्रखरी :: Baahrakhari
देश
झापा र सिन्धुलीमा करेन्ट लागेर दुईजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । झापा र सिन्धुलीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । 

झापाको विर्तामोड नगरपालिका–२, कच्चुबारी स्थितमा करेन्ट लागेर विर्ताबजार–३ का ४२ वर्षीय धनबहादुर राजवंशीको मृत्यु भएको हो । 

विर्ताबजार–घैलाडुब्बाको भित्री खण्डमा सडक निर्माण कार्य गर्दै आएका उनको आज बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको हो । 

त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–६, धुराफाँट बस्ने २० वर्षीया देवीकुमारी योञ्जनको पनि करेन्ट लागेर मृत्यु भएको छ ।

मोटरबाट पानी चलाउन स्विच अन गर्ने क्रममा अचानक करेन्ट सट भई घाइते भएकोमा उपचारका क्रममा हेम्स अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्