site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थमन्त्री महतद्वारा ‘विनियोजन विधेयक २०८०’ राष्ट्रियसभामा पेस

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन् । 

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उनले सो विधेयक पेस गरेका हुन् । आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक राष्ट्रियसभामा पनि पेस गरेको अर्थमन्त्री महतले स्पष्ट पारे । 

उनले भने, “आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक पेस गर्नु परेको हो ।”

गत बुधबार बसेको प्रतिनिधिसभा बैठक पनि सो विधेयक प्रस्तुत गरिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्