site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेप्रति मन्त्री गुरुङको कटाक्ष : भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गरेका छन् । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)प्रति लक्षित गर्दै भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताएका हुन् । उनले एमाले सत्तामा जानका लागि भोकाइरहेको पनि बताए । 

वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरू खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको बताए । उनले सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने बताए ।

उनले भने, “हाम्रो पार्टीका श्रद्धेय सभापतिज्युकै पहलमा बनेको मौजुदा सरकारले भ्रष्टाचारका ठूला काण्डहरुको निष्पक्ष छानबिन गरी मुलुकलाई शुसासन दिने काममा लागेको छ । हामी नेपाली जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्ने काममा लाग्नेछौँ, यो नै गठबन्धन सरकारको ध्येय हो ।” 

मन्त्री गुरुङले नेपाली राजनीतिमा लामो समयदेखि निराशाको बादल मडारिएको बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्