site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा भारी वर्षा  हुन सक्ने विभागको अनुमान
फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा बिहानैबाट वर्षा भइरहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर काठमाडौंमा पानी पर्ने र रोकिने क्रम जारी रहनेछ । अर्थात् काठमाडौंको मौसममा आज दिनभर बदली हुनेछ ।  काठमाडौंमा भारी वर्षाको पनि सम्भावना रहेको छ । केही स्थानमा भने भारी वर्षा भइसकेको विभागले बताएको छ । 

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, वाग्मतिसहित पाँचवटामा दिउँसो र राति धेरै भारी वर्षाको सम्भावना

ललितपुरमा बिहानै भारी वर्षा भएको र अहिले पनि उपत्यकाका केही स्थानमा भारी वर्षा भइरहेको विभागले जानकारी दिएको छ ।  काठमाडौंमा पछिल्लो २४ घण्टामा ८६.६ मिलिमिटर वर्षा भएको छ । पछिल्लो ६ घण्टामा ललितपुरमा ६६ मिलिमिटर वर्षा मापन गरिएको विभागले बताएको छ । 

काठमाडौंमा भने केही कम वर्षा मापन भएको छ । बबरमहलको वर्षा मापन केन्द्रमा ६ मिलिमिटर वर्षा मापन भएको विभागले जानकारी दियो । 
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्