site stats
बाह्रखरी :: Baahrakhari
देश
पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपासका क्षेत्रमा भारी वर्षा
फाइल तस्बिर

काठमाडौं । देशका धेरै स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । 

पछिल्लो तीन घण्टा पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपासका धेरै स्थानमा मध्ययमदेखि भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

तिनाउ खोला, माडी खोलालगायत उक्त जिल्ला भएर बहने अन्य स–साना नदीमा जलसतह उल्लेख्य बढ्ने महाशाखाले बताएको छ । केहीमा नदी तथा खोलामा आकस्मिक बाढीसमेत आउन सक्नेभन्दै महाशाखाले दिउँसो १२ बजेसम्म तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन विभागको आग्रह छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्