site stats
बाह्रखरी :: Baahrakhari
देश
बिनाजानकारी लामो समयदेखि अनुपस्थित कर्मचारीसित स्पष्टीकरण माग

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले एक कर्मचारी बिनाजानकारी लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै स्पष्टीकरण मागेको छ । बोर्डले दोस्रोपटक यही असार १२ गते सूचना निकाल्दै तीन दिनभित्र ती कर्मचारीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो ।

बोर्डको लेखा शाखाअन्तर्गतका कर्मचारी प्रकाशमान केसी बोर्डसँग सबै माध्यमबाट सम्पर्कविहीन बनेको, खटाएको कार्यालयमा नगएको र आफूले गर्दै आएको काम अरूलाई जिम्मेवारी नदिई अनुपस्थित भएका कारणले कामकाज प्रभावित भएको भन्दै स्पष्टीकरण मागिएको हो ।

यसअघि, असार ८ गते तीन दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । तर, केसी बोर्डको सम्पर्कमा नआएपछि शुक्रबारसम्म स्पष्टीकरण बुझाउन पुनः निर्देशन दिइएको हो ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्