site stats
बाह्रखरी :: Baahrakhari
देश
सात अस्पतालका २,०२८ बेड निःशुल्क, कुनमा कति ?
वीर अस्पताल । फाइल तस्बिर ।

काठमाडौं । आठवटा ठुला सरकारी अस्पतालमा गरी अब बिरामीले दुई हजार २८ वटा बेड निःशुल्क पाउने भएका छन् ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार अभियानअन्तर्गत निःशुल्क बेड उपलब्ध गराउन थालिएको हो । 

Argakhachi Cement Island Ad

जनरल बेड नि:शुल्क भए पनि क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क तिनुपर्ने छ । निःशुल्क उपचार पाउन स्थानीय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको छ । 

कुन अस्पतालमा कति बेड निःशुल्क ?

वीर अस्पताल – ७००
कान्ति बाल अस्पताल – २४८
शुक्रराज  ट्रपिकल तथा सरुवा रोग अस्पतमा  –६०
परोपकार प्रसूति गृह – ४५० 
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र – ९०
राष्ट्रिय ट्रमा सेन्टर – १५०
कोसी अस्पताल – ३३०

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्