site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्राधिकरण टुक्र्याउने विधेयक मन्त्रिपरिषद्मा पेस भइसक्यो : मन्त्री किराँती
तस्बिर : रासस ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक मन्त्रिपरिषद्मा पेस भइसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

“सरकारका विगतका कार्यक्रममा र धारणाको आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर नियमन निकायको रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायकको रूपमा हवाई सेवा प्राधिकरण स्थापना गर्ने गरी विधेयक, छुट्टाछुट्टै विधेयक संसद्मा पेस गर्नेको लागि मन्त्रिपरिषद्मा पठाइएको छ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्