site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेसनल लाइफको अभिकर्ता तालिम र सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा प्री एमडीआरटी सम्मान र अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

‘रन फर इन्कम चेज योर एमडीआरटी’ भन्ने नाराका साथ कम्पनीको कोसी प्रदेशमा रहेका शाखा कार्यालयसँग आवद्ध भएर बिमा व्यवसाय गर्दै आएका अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गराएर एमडीआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

Argakhachi Cement Island Ad

कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले गरेका हुन् । कार्यक्रममा करिब ७०० जना अभिकर्ताहरू सहभागी थिए । अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गरी एमडीआरटीको लक्ष्य पूरा गराउने उद्देश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम दिएका थिए ।

दमक शाखाअन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथा उर्लाबारी शाखाका अभिकर्ता एलिशा आले मगरलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्