site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जेएमसीको भिगस प्लस पिकअपमा आकर्षक फाइनान्सिङ, टेस्ट ड्राइभ गर्न चाहे घरमै गाडी आउने

काठमाडौं । जेएमसी मोटर ब्रान्डले आफ्नो भिगस प्लस पिकअप गाडी खरिदकर्ताका लागि आकर्षक फाइनान्सिङ सुविधा ल्याएको छ । यो अफरअन्तर्गत खरिदकर्ताले ७५ प्रतिशत फाइनान्सिङ भिगस प्लस गाडी खरिद गर्न सक्नेछन् ।

खरिदकर्ताको सहजताका लागि अफरअन्तर्गत २४ घण्टाभित्र डेलिभरी, आकर्षक नगद छुट र सहज एक्सचेन्जका साथ हरेक टेस्ट ड्राइभमा उपहारको सुविधा रहेको जेएमसीले जनाएको छ ।

यस्तै, सोरुम नआएरै टेस्ट ड्राइभ गर्न चाहनेका लागि कम्पनीले डोरस्टेप सुविधा समेत रहेको बताएको छ । जसमा जेएमसीका कर्मचारी गाडी लिएर टेस्ट ड्राइभ गर्न इच्छुक खरिदकर्ताको घरैमै पुग्‍नेछन् ।

शंकर ग्रुपअन्तर्गत शौर्य ग्रुपले नेपालमा जेएमसीका गाडी बिक्री गर्दै आइरहेको छ । जेएमसी सन् १९९३ मा स्थापित चिनियाँ सवारीसाधन निर्माता हो  । जेएमसीका ट्राभलर भ्यान, कार्गो ट्रक, पिकअपलगायत थुप्रै सवारीसाधन बजारमा उपलब्ध छन् ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्