site stats
बाह्रखरी :: Baahrakhari
देश
रोल्पा, प्युठान र दाङमा भारी वर्षा, सतर्क रहन आग्रह
पानी निकासको नाला व्यवस्थित नहुँदा शनिबार परेको पानीले जलमग्न बनेको दाङको घोराही बजार । तस्बिर : कुलदीप न्यौपाने/रासस ।
Argakhachi Cement Island Ad

काठमाडौं । पछिल्लो तीन घण्टामा देशका केही स्थानमा भारी वर्षा मापन गरिएको छ । रोल्पाको लिवाङ, प्युठानको रजवारा र दाङको सुख्बारेमा  भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वर्षाका कारण उक्त स्थान आसपास भई बहने साना खहरेखोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्छ । ती क्षेत्रमा रातिसम्म सतर्क रहन विभागले आग्रह गरेको छ ।

“असार ०९, बेलुका ८ः४५ । पछिल्लो तीन घण्टा रोल्पाको लिवाङ, रजवारा प्युठान र सुख्बारे दाङमा भारी वर्षा मापन भएकोले उक्त स्थान आसपास भई बहने स–साना खहरेखोलामा आकस्मिक बाढी हुनको साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्छ, रातिसम्म सतर्क रहौँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २१:५३
प्रतिक्रिया दिनुहोस्